खुला सिमानाले गर्दा हामीले भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनौं: बाबुराम भट्टराई (भिडिओ) – Nepal Press

खुला सिमानाले गर्दा हामीले भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनौं: बाबुराम भट्टराई (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबराम भट्टराईले राजतन्त्रको नेतृत्वमा रहेको पुरानो सत्ता देश विकासको बाधक बनेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाह्य रुपमा सुगौली सन्धिपछि पनि समस्या परेको बताए ।

उनले भने, ‘म कसैलाई गाली गर्ने पक्षमा होइन, तर भारतको अर्थतन्त्र ठूलो छ । हाम्रो सानो छ । खुला सिमानाले गर्दा हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौं । भारतसँगको असमान सम्बन्ध जुन बन्यो, त्यसलाई नसच्याएसम्म पनि नेपालको विकास हुँदैन । त्यसैले तथ्यमा बढाउँदा राम्रो होला । नयाँ पुस्ताका साथीहरुले बढाइदिए हुन्थ्यो भन्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर