कांग्रेस संसदीय दलको बैठक बस्दै – Nepal Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौंं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर