LIVE
प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
नेपाल प्रेस
२०८१ साउन ६ गते १३:१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ । कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुई तिहाइ बहुमत पुर्याउने कसरतमा छन् । दुईतिहाइका लागि १८४ सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया