लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्दै एमाले – Nepal Press

लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्दै एमाले

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने टुंगो लागेको छ । नयाँ गठबन्धनमा रहेका एमाले कांग्रेसबीच प्रदेश सरकारको नेतृत्वको विषयमा दोहोरा दावी रहँदै आएको थियो ।

प्रदेशमा पहिलो दल रहेको एमालेका २९ र दोस्रो दल रहेको कांग्रेसँग २७ सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सांसदमा बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ ।

कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले एमालेको नेतृत्वमा नयाँ सरकारमा जाने सहमति भएको र त्यही अनुसार छलफल चलेको बताए ।

‘आजको प्रदेश सभाबाट माओवादीले मार्ग प्रशस्त गरेपछि हामी एमालेको नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका छौं, आज पनि संयुक्तरुपमा बसेर कसरी जाने भन्ने योजना बनाएका छौं,’ उनले भने ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीले एमालेको नेतृत्वमा सरकारको नेतृत्व गर्ने गरी कांग्रेससँग समझदारी भइसकेको जनाए ।

मुख्यमन्त्री चौधरीले आजको प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाए पनि त्यो अगावै सम्बोधन गरेर राजीनामा दिने तयारीमा छन् ।

मुख्यमन्त्री चौधरीले मार्ग प्रशस्त गरेसँगै एमालेकांग्रेसले नयाँ प्रक्रिया आजैबाट थाल्ने जनाएका छन् ।

नयाँ रणनीतिका विषयमा एमाले संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी, कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी, प्रमुख सचतेक जन्मजय तिमिलसिना आजै सामूहिक बसेर छलफल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर