सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने
नेपाल प्रेस
२०८१ साउन ६ गते १४:१४
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेटलाई संसोधन गरिने भएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दै सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘परिवर्तन महसुस भएको ठाउँमा विधि र पद्धतिमा रही नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जित गर्दै परिणाम निकाल्ने गरि सम्पूर्ण संयन्त्र परिचालित गर्नेछौं ।’
प्रतिक्रिया
सम्बन्धित खवर