भ्रष्टाचार कसैलाई गर्न दिँदैनौँ, सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री ओली (भिडिओ) – Nepal Press

भ्रष्टाचार कसैलाई गर्न दिँदैनौँ, सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै भ्रष्टाचार नगर्ने र कसैलाई पनि गर्न नदिने बताए।

उनले भने, ‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ। कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ।’

भ्रष्टाचारी एक दिन कानूनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउने बताए। जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर