प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सरकारका ५ प्राथमिकता (पूर्णपाठ) – Nepal Press

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सरकारका ५ प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदनसमक्ष विश्वासको मत मागेका छन् । उनले आफूले सरकारको कमाण्ड सम्हाल्दै गर्दा देशको अर्थतन्त्र नाजुक भएको तथ्यांक प्रस्तुत गर्दै पछिल्ला केही दिनयता सुधारका संकेत देखिन थालेको जिकिर गरे । त्यसको पुष्टि शेयर बजारको हरियाली देखाएको ओलीको भनाइ थियो ।

ओलीले सदनसमक्ष सरकारका ५ वटा प्राथमिकता पेश गरेका छन् । जसमा थालेको काम सक्ने पहिलो प्राथमिकता रहेको छ । ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भनेर सुनाउन आतुर छ’, ओलीले भने । जसका लागि उनले ४ वटा कामको सूची तेर्स्याएका छन् ।

प्रधानमन्त्रीले दोस्रो प्राथमिकताका रूपमा आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्ने उल्लेख गरेका छन् । सरकारको तेस्रो प्राथमिकताका रूपमा गरिबी, अभाव र भोकमरीको अवस्था अन्त्य गर्ने उल्लेख छ ।

प्रधानमन्त्रीले चौथो प्राथमिकताका रूपमा राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाउने भन्दै परिवर्तित अवस्थामा बजेट र नीति तथा कार्यक्रमलाई परिणाम निकाल्ने गरी परिमार्जन गर्ने बताएका छन् ।

त्यस्तै सुशासनलाई पाँचौ प्राथमिकतामा राखिएको छ ।

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर