संविधान संशोधन पश्चगमन होइन, पञ्चायतकालमा जस्तो अलमल्याउन नखोजौं : प्रधानमन्त्री ओली – Nepal Press

संविधान संशोधन पश्चगमन होइन, पञ्चायतकालमा जस्तो अलमल्याउन नखोजौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय विषय नभएकाले आवश्यकता अनुसार संविधान, ऐन-कानूनमा संशोधन र परिमार्जन हुने बताएका छन् । संविधान संशोधनलाई पश्चगमन भन्ने भनाइप्रति उनले आपत्ति प्रकट गरे ।

‘संविधान संशोधन गर्नु पश्चगमन हो भन्ने कतिपयको भनाइ पनि सुनेको छु । आफूले भनेको कुरा नभए पश्चगमनको पोशाक लगाइदिने हाम्रो अचम्मको संस्कृति छ । यस्ता कुराको भ्रममा पर्न हुन्न,’ आज संसद बैठकमा बोल्दै ओलीले भने ।

उनले थपे:

‘यस देशमा डेमोक्रेसी भन्ने शब्द कसले सुनाइदियो ? यही कांग्रेसले सुनाएको होला, एमालेले सुनाएको होला नि । यिनै पार्टी होलान् नि । पार्टी सिस्टम कसले सुनायो ? पार्टी कसले बनायो ? यिनै पार्टी होलान् नि । यिनै पार्टीहरूमाथि संविधान खाने भए भन्ने ?

पञ्चायतकालमा जनमत संग्रहका बेला बच्चाबच्ची रोए भने ‘नबोल जनमतसंग्रह भाँडिन्छ’ भनेर अलमलाउने गरिन्थ्यो । अहिले पनि जनमतसंग्रह भाँडिन्छ जस्तो कुरा नगरे पनि हुन्छ । जसले आन्दोलनमा जीवन बलिदान गरेर हिंसालाई सही बाटोमा ल्यायो, तानाशाहीलाई फ्याँक्यो, सबै लिड गर्‍यो, अनि तिनीहरूले नै संविधान सिध्याउँछन् भने कसले बचाउँछ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर