माओवादीलाई गोकर्ण बिष्टले भने- सरकारमा नहुनेबित्तिकै संविधान खतरा पर्छ भन्ने भ्रम राख्नुपर्दैन (भिडिओ) – Nepal Press

माओवादीलाई गोकर्ण बिष्टले भने- सरकारमा नहुनेबित्तिकै संविधान खतरा पर्छ भन्ने भ्रम राख्नुपर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माओवादी केन्द्रलाई सत्ताबाट बाहिरिना साथ लोकतन्त्र र संविधान खतरा पर्छ भन्ने भ्रम त्याग्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै स्थिर सरकार निर्माण गर्नको लागि कांग्रेस एमाले मिलेको बताए ।

उनले भने, ‘विगत १७ वर्षयता नेमकिपाबाहेक संसदमा रहेका सबै पार्टीहरु सरकारमा सहभागी भएका छन् । आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने आफू सरकार बाहिर हुँदा लोकतन्त्रमा खतरा पर्ने यो मान्यताले संविधान र लोकतन्त्र समृद्ध हुन्छ ?’

सरकार भए पनि नभए पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने बताए । ओली प्रधानमन्त्री बनेपछि देश आशावादी बनेका जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर