माओवादीको जिकिर : खराब नियत छोप्न कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा अघि सारेका हुन् – Nepal Press

माओवादीको जिकिर : खराब नियत छोप्न कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा अघि सारेका हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेले अप्रार्दर्शी ढंगले गठबन्धन तोडेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सात बुँदे सहमति देखाएर औचित्य पुष्टि गर्न खोजेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पुन प्रधानमन्त्री दाबी गरेजस्तो अर्थतन्त्रमा निराशा नभएको दाबी गरे । खराब नियतले कांग्रेस एमाले मिलेको आशंका बढिरहेको बेलामा छोप्नलाई संविधान संशोधनको मुद्दा अघि सारेको जिकिर गरे ।

उनले भने, ‘साँचिकै संविधान संशोधन के को लागि गर्ने ? कतातिर जान ? साना दल र समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता आयो भन्नुभएको छ । के साँच्चै त्यसो देखिएको छ ? नेकपा हुँदा दुई तिहाइको प्रधानमन्त्री हुँदा के गर्नुभयो ?’

उनले पश्चगमनतिर जानकै लागि संविधान संशोधन गर्न लागेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर