उपसभामुखको बचाउमा माओवादी- संवैधानिक परिषद्‍मा अल्पमतपछि चरित्र हत्या गरिएको जिकिर – Nepal Press

उपसभामुखको बचाउमा माओवादी- संवैधानिक परिषद्‍मा अल्पमतपछि चरित्र हत्या गरिएको जिकिर

काठमाडौं । प्रतिपक्ष दलहरूले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार आकस्मिक समयमा बोल्दै प्रतिपक्ष दलका सांसदहरूले उपसभामुखप्रति मिडिया ट्रायल भएको बताए । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि उपसभामुखमाथि आरोप लगाएर चरित्रहत्या गर्ने काम भएको जिकिर गरे । मान्छेको चरित्र हत्या गर्ने काममा संसदले न्याय दिनुपर्ने उनको भनाइ थियो ।

राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिने भन्दै सापकोटाले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि आरोप लगाइएको भए प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।

उनले भने, ‘उपसभामुखको विषय अहिले भर्खर आयो । एक वर्षअघिको कुरा र खासगरी राजनैतिक र नैतिक प्रश्न यो हो । यसलाई स्वीकार गर्नुपर्छ । संवैधानिक परिषद्मा तपाईंहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ त्यसलाई हाइलाइट गरिएको छ, यदी साँच्चै त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारको प्रति, आफ्नो चरित्रहत्या गर्नेकाप्रति यो संसदले पनि न्याय गर्नुपर्छ । राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरूलाई रातारात केके निर्णय गर्न परेको छ, त्यो उद्देश्यबाट प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्दछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर