माधव नेपालको गुनासो- विश्वासको मत मागेर प्रधानमन्त्री संसदबाट बेपत्ता हुनुभयो (भिडिओ) – Nepal Press

माधव नेपालको गुनासो- विश्वासको मत मागेर प्रधानमन्त्री संसदबाट बेपत्ता हुनुभयो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत मागेर संसदबाट बेपत्ता बनेको गुनासो गरेका छन् । प्रधानमन्त्रीले सबैको विचार र धारणा सुन्ने धैर्यता नराखेको उनको आरोप छ ।

आज संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतबारेको छलफलमा भाग लिँदै नेपालले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरुका बचन सहन नसक्ने हो कि ! तर, कसैबाट बचन कटु निस्केका छैनन् । मेरा पनि कर्णप्रिय नै होलान् । मैलेमात्र उपस्थितिका निम्ति सम्झाउन खोजेको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर