ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर (भिडिओ) – Nepal Press

ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने बताएका छन् । स्वर्ग र नर्क सँगै जाने भनेर एकजनालाई धोका दिइएको उनले टिप्पणी गरे ।

आज संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलमा बोल्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

नेपालको भनाइः

‘हामीलाई अचम्म लागेको छ । एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिएको पनि सुन्नमा आएको छ । सुन्दै आनन्द लाग्ने कुरा । तर, आफू स्वर्गतिर लाग्यो… अर्कोलाई लात्ति हिर्काएर नर्कतिर… । अचानक गठवन्धन किन तोडियो ? किन फेरियो ? यो कतैबाट पनि उचित हो भनेर पुष्टि गर्न सकिन्न । स्वर्ग र नर्क सँगै जाने कसमको भुलभुलैया सिर्जना गरेर अघिल्लो रातिसम्म ओत लागेको गठवन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेर पिटिएको डंकाको औचित्य छैन ।


प्रतिक्रिया

2 thoughts on “ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर (भिडिओ)

  1. भनेपछि प्रचण्ड, माकुनेहरुको नर्कको बास भएकै हो त? घोर निरासाको अभिव्यक्ति किन? अब सरकारबाट बढारिए पछि पार्टी पनि झन् बढारिदैं जाने भएर होला। यसरी पनि राजनीति चौपट हुने रहेछ भनेर नेपालीले सिक्नै पर्ने हुन्छ।

  2. स्वर्गको ढोका बन्द गरेर प्रचण्डको पुच्छर समातेर दुइ तिहाइ नजिकको सरकार ढालेको बिर्सेर यस्ता वकवास गर्न माधव नेपाललाइ लाज लाग्नु पर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर