अनिवार्य अवकाशको ५ महिना अघि नै कानून आयोगका सचिवले दिए राजीनामा
काठमाडौं । नेपाल न्याय सेवातर्फका सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका छन् ।
आगामी मंसिर २८ मा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका सचिव अधिकारीले पाँच महिना अघि नै राजीनामा दिएका हुन् ।
अधिकारी अहिले नेपाल कानून आयोगको सचिवको जिम्मेवारीमा थिए । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि आइतबार नै कानून आयोगले अधिकारीलाई औपचारिक कार्यक्रमकाबीच बिदाइ समेत गरेको आयोगका सहसचिव एवं प्रवक्ता पाराश्वर ढुंगानाले नेपाल प्रेसलाई जानकारी दिए ।
सचिवमा बढुवा भएको साढे ३ वर्षसम्म पनि सरकारले कानून मन्त्रालय वा अन्य कुनै निकायमा नपठाएर आयोगमै थन्क्याएपछि रुष्ट भएर ४ महिना अघि नै राजीनामा दिएका हुन् ।
अधिकारीको राजीनामा स्वीकृत भएसँगै न्याय सेवाको कानून समूहतर्फ एक सचिवको पद रिक्त भएको छ ।