जाँदाजाँदै मुख्यमन्त्री जम्कट्टेलले भने- यो गठबन्धन पनि धेरै टिक्दैन – Nepal Press

जाँदाजाँदै मुख्यमन्त्री जम्कट्टेलले भने- यो गठबन्धन पनि धेरै टिक्दैन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले निर्माण भएको काङ्ग्रेस-एमालेको गठबन्धन धेरै समय नटिक्ने बताएका छ्न ।

बागमती प्रदेशसभालाई सम्बोधन गर्दै जम्कट्टेलले प्रदेशलाई सरकार होइन भन्नेहरूको गठबन्धन धेरै दिन टिक्छ भन्ने विश्वास आफूलाई नलागेको दाबी गरे ।

प्रदेशसभा समक्ष राजीनामाको घोषणा गर्दै जम्कट्टेलले गठबन्धनको कारण सबैभन्दा धेरै घाटा माओवादीलाई भएको बताए ।

उनले भने ‘हिसाब गरौँ, तालमेल र समीकरणको फाइदा अहिले समीकरण गर्ने दलले लिनुभएको छ’, जम्कट्टेलले भने,‘माओवादीलाई घाटा भएको छ । माओवादी पनि अब तपाईँहरूसँग तालमेल गर्दैन ।’

एमालेसँगको गठबन्धन कम्युनिस्ट एकताकोलागि भएको तर त्यो सफल नभएको बताउँदै जम्कट्टेलले अब आउने सरकारले प्रदेशको अधिकारको विषयमा सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर