ग्लोबल टच नेपालले साउन ८ र ९ गते ‘ग्लोबल एजुकेसन फेयर’ गर्ने – Nepal Press

ग्लोबल टच नेपालले साउन ८ र ९ गते ‘ग्लोबल एजुकेसन फेयर’ गर्ने

काठमाडौं । ग्लोबल टच नेपालले नयाँ बानेश्वरको शंखमुलमा ‘ग्लोबल एजुकेसन फेयर २०२४’ को आयोजना गर्ने भएको छ । साउन ८ र ९ गते बानेश्वरस्थित आफ्नै कार्यालयमा ग्लोबल टचले ‘ग्लोबल एजुकेसन फेयर २०२४’ गर्न लागेको हो ।

दुई दिनसम्म चल्ने उक्त एजुकेसन फेयरमा विद्यार्थीहरूले अमेरिका, अस्ट्रेलिया, युके लगायत विभिन्न देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् ।

युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा सत्य तथ्य जानकारी पाउने ग्लोबल टच नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निशान्त श्रेष्ठले जानकारी दिए । यस्ता एजुकेसन फेयरले विद्यार्थीहरूको हौसला बढाउने उनको भनाई छ ।

ग्लोबल टचले उक्त फेयरमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको समेत व्यवस्था गरेको छ । श्रेष्ठका अनुसार फेयरमा सहभागी हुने विद्यार्थीहरूका लागि प्रत्यक्ष परामर्श, छात्रवृत्तिको अवसर, आकर्षक उपहारहरू, निशूल्क तयारी कक्षा र एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको छ । साथै फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था रहेको उनले जानकारी दिए ।

सो फेयरमा विद्यार्थीहरूले आएल्स, पिटिई, टोफेलमा ५० प्रतिशत छुट पाउने छन् । उक्त एजुकेसन फेयर यही जुलाई २३ र २४ तारिक बिहानीको १० बजेदेखि बेलुकी ५ हुने उनले बताए ।

दुई दिनसम्म चल्ने फेयरमा करिब १ हजार विद्यार्थीलाई सहभागी गराई प्रत्यक्षरुपमा परामर्श दिने विश्वास रहेको उनले बताए ।

काठमाडौँ नयाँ बानेश्वरस्थित शंखमूलमार्गबाट सेवा दिइरहेको ग्लोबल टच नेपालको मुख्य कार्यालय भने अष्ट्रेलियाको मेलबर्नमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *