वुमन्स एसिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य – Nepal Press

वुमन्स एसिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा   टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन जोड्यो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक रन जोडिन् । कविता ३१ रनमा अविजित रहिन् । सीता रानामगर २६, पूजा महतो २५, सम्झना खड्का ४, कविता कुवर १३, कप्तान इन्दु बर्मा ० र रुविना क्षेत्री ८ रनमा आउट भए ।

बलिङमा पाकिस्तानकि सादिया इकबालले सर्वाधिक २ विकेट लिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर