कर्णालीमा माओवादीका चार मन्त्रीले राजिनामा दिँदै  – Nepal Press

कर्णालीमा माओवादीका चार मन्त्रीले राजिनामा दिँदै 

सुर्खेत । सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीले राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिने भएका हुन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजिनामा दिनेछन् ।

नयाँ गठबन्धनलाई सहज बनाउन सरकारबाट बाहिरिन लागेकाे उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार ले बताए ।

उनले भने, `हामी चार जना मन्त्री बसेर राजिनामा दिने निर्णय गरेका छाैं । दलका नेताले केही केही भन्नू भएको छैन् । भाेलि ११ बजे राजिनामा दिने सबै तयारी भइसकेको छ ।`

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर