दक्षिण हेर्ने दृष्टिकोण – Nepal Press

दक्षिण हेर्ने दृष्टिकोण

भारतीय कूटनीतिज्ञ केभी राजनको पुस्तक प्रकाशन र नेपालमा सत्ता परिवर्तनको संयोगले दुई देशको सम्बन्धको चर्चा शुरु भएको छ । जुन जरुरी थियो । आकस्मिक संयोग ‘भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरेका डा. बाबुराम भट्टराई नै ती पहिलो व्यक्ति र भाषण हो, जसले १९५० को सन्धि धोका हो, खारेज हुनुपर्छ भन्ने भाषण गरेको सुनेको थिएँ, म सानो तितौरे केटो हुँदा ।

देश १०० वर्ष पछि पर्नुमा उनको ‘रिबेल भिजन’ पनि कारण हो । दुःखको कुरा, उनी र उनका कमाण्डरले पटकपटक देशको बागडोर सम्हाल्दा पनि १९५० को सन्धिको कुरा उठाएनन् । यो भिडियो क्लिप हेरौं ।

पत्रकारितामा सिकेको कुरा राम्रो जवाफ पाउन राम्रो प्रश्न पनि जरुरी हुन्छ । डिप्लोम्याट के राजनको यो सानो क्लिपले स्पष्ट पार्छ, १९५० सन्धि बदल्नुपर्छ भने भन्न सक्नुपर्‍यो कि बदलाब के केमा हुनुपर्ने हो ? यो जरुरी के पनि छ भने सन्धि हुँदाको पुस्तापछि तेस्रो पुस्ता कार्यबाहक हुने अवस्थामा छ । ती सन्धिमा के के उल्लेख थिए भन्ने जानकारीसमेत नभएको पुस्ता अहिले कूटनीतिक र राजनीतिक क्षेत्रमा प्रतिस्पर्धीमा उदाइसकेका छन् । त्यो अवस्था, व्यवस्था, चेतना, आवश्यकता सबै विकसित र परिमार्जित भएका छन् । अतः यी र यस्ता कुरा समय सापेक्ष रुपमा बदलिन जरुरी छ । यो कुनै द्वेषभन्दा आत्मीयता र सम्बन्ध प्रगाढ बनाउने अवसरका रुपमा दुबै देशले स्वीकार गर्दै अघि बढ्नुपर्छ । त्यसको सुरुवात नेपालले नै गर्न हिचकिचाउनु पर्ने कारण केही छैन ।

बरु १९५० को सन्धिमा के के थप्नु र अब कस्तो बदलाव थप्नु छ भनेर बहस चलाउन र जनताको राय ‘पब्लिक अडिट’मार्फत पनि धारणा बनाउन सकिन्छ । ताकि जनविरोधको सामना गर्न नेपाल-भारत सम्बन्धबारे दुबै देशका धुरन्धर ज्ञाता, अध्येता, कूटनीतिज्ञहरुले सयौं कुरा लेखिसक्नु भएको छ, बोली सक्नुभएको छ । कूटनीतिभन्दा परको स्तम्भकारले लेख्ने आलेख अनमेल जस्तो लाग्नसक्छ, तर नीतिगत चरणमा हामी सबैसँगै हुन जरुरी छ । छिमेकी प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भनाइ छ— ‘असली छिमेकी त्यस्तो हो, जसले चुनौतीपूर्ण अवस्थामा पनि सहयोगको हात बढाउँछ ।’

१९५० को सन्धिमा के के थप्नु र अब कस्तो बदलाव थप्नु छ भनेर बहस चलाउन र जनताको राय ‘पब्लिक अडिट’मार्फत पनि धारणा बनाउन सकिन्छ । ताकि जनविरोधको सामना गर्न नेपाल-भारत सम्बन्धबारे दुबै देशका धुरन्धर ज्ञाता, अध्येता, कूटनीतिज्ञहरुले सयौं कुरा लेखिसक्नु भएको छ, बोली सक्नुभएको छ ।

नेपालीले भुल्नै नसक्ने उनको गुण भूकम्पले क्षतविक्षत बनेको बेला उनले लगाएको ‘नाकाबन्दी’ । त्यसको उद्देश्य, प्राप्ति वा नतिजा भारत र भारतीय जनताले के पाए ? तर नेपाली जनताले सास्ती पाए । उनीहरुकै शैलीको शब्द ‘रोटी-बेटी’, ‘बडे भाइ-छोटे भाइ’ नै मानिदिँदा पनि आफ्नैलाई उकुसमुकुस पार्ने भारतीय सिरियलको कुनै इपिसोड जस्तो ‘कूटनीति’ केका लागि हो ? मोदी र उनका सहयोगीले यसको जवाफ दिन अझै जरुरी नठान्नुको कारण बुझी नसक्नु छ ।

गोर्खा सैन्यमा नेपालीलाई भर्ती रोकेर उनीहरु यो दिनसम्म पनि आफ्नो असफल कूटनीति र बैगुन देखाउँदैछन् । नेपाल आफू मिचिएको सन्धि पुनरावलोकनको माग र बुँदा प्रस्तुत गर्न किन त्रसित हो, अब जवाफ खोज्ने समय हो । भारतीय राजदूत रहिसकेका केभी राजनले ७५ वर्षको नेपाल-भारत सम्बन्धको इतिहासमा अहिले जस्तो कहिले खराब नरहेको टिप्पणी गरेका छन् । भारतबाट लामो समय नेपालमा रहेर राजदूत तथा अन्य पदमा रहेर काम गरेका राजनले नेपालको तर्फबाट भारतलाई ठूलै खतरा रहेको पनि दाबी गरेका छन् । जुन नेपालको नजरले हेर्दा गम्भीर कुरा हो । नेपाल आफ्नो छिमेकीका लागि के कसरी कुन कुन कारणले ‘ठूलै खतरा’ बन्न पुगेको रहेछ ?

भारतीयहरुले नेपाललाई भारत र चीनको बीचमा बफर जोनको रूपमा काम गरेको देख्न भारत चाहेको तर पछिल्लो समय नेपाल चीनतर्फ हेर्न थालेको र चीन कार्ड खेल्न थालेको टिप्पणी गरे । यो पूर्णतः भारतीय गलत दृष्टिकोण र गिद्धेदृष्टि हो । नेपाल स्वतन्त्र देश हो । उसले आफ्नो विदेश नीतिमा कसलाई कसरी हेर्ने, त्यसका लागि नेपाल स्वतन्त्र छ । भारतको स्वार्थअनुरुप नेपाल चल्नुपर्ने कारण छैन । नेपाल-भारतबीच सयौं सांस्कृतिक जडान हुँदाहुँदै भारतले नाकाबन्दी जस्ता अमानवीय व्यवहार देखाउँदा चीनले नेपाल पठाएका केही थान ट्याङ्करको पेट्रोलले भारतलाई उति बेला नै ‘पोल्नु’पर्ने थियो र आफ्ना निर्णय र गल्तीमा क्षमा माग्नुपर्ने थियो । नेपाल आफ्नो विकास र समृद्धिका लागि सहयोगी मुलुकसँग सहकार्यका लागि स्वतन्त्र छ ।

एक असल छिमेकीले आफ्नो आर्थिक समृद्धि प्राप्त गर्दा अर्को छिमेकीलाई नसोच्नु उसको कमजोरी हो । भैरहवा विमानस्थललाई रुट नदिनु उसको अनुदार र कमजोर छिमेक नीति हो । चीनले कम्युनिष्ट कार्ड खेल्दै नजिकिने चेष्टा गर्दा भारतले ईर्ष्याभन्दा सहकार्य देखाउन जरुरी हुन्छ । चीनले बीआरआईमार्फत जोड्न खोजिरहँदा भारतले सार्कलाई मात्रै क्रियाशील हुन नदिने वा क्रियाशील बनाउन पहल नगर्नु लज्जास्पद कुरा हो । चीन वा अन्य देशले नेपालमा विकास वा लगानी गर्दा भारतीय पक्ष आत्तिनुपर्ने वा त्रसित हुनुपर्ने कारण नेपालसँग छैन र यो भारतीय संस्थापनको समस्या हो ।

गोर्खा सैन्यमा नेपालीलाई भर्ती रोकेर उनीहरु यो दिनसम्म पनि आफ्नो असफल कूटनीति र बैगुन देखाउँदैछन् । नेपाल आफू मिचिएको सन्धि पुनरावलोकनको माग र बुँदा प्रस्तुत गर्न किन त्रसित हो, अब जवाफ खोज्ने समय हो । भारतीय राजदूत रहिसकेका केभी राजनले ७५ वर्षको नेपाल-भारत सम्बन्धको इतिहासमा अहिले जस्तो कहिले खराब नरहेको टिप्पणी गरेका छन् ।

अतः नेपाल-भारत सम्बन्धको नयाँ उचाइका लागि उदारता र समान व्यवहार गर्नैपर्दछ । संसारलाई थाहा छ, बुद्ध नेपालमा जन्मेका हुन् । नरेन्द्र मोदी अझै झूट बोल्छन्— भारतले बुद्ध दियो भनेर । यस्ता झूट र फरेब भारतीय राजदूतले नेपाली मन्त्रीका अगाडि खुट्टा चढाएर बस्ने ‘पोस्चर’ जस्तै तुच्छ र घृणित कदम हुन् । लोकतान्त्रिक गणतन्त्रमा समाहित भएपछि कम्युनिष्ट पार्टीलाई ‘कम्युनिष्ट’ नजरले हेर्ने वा चीन देखिने चस्मा भारतले बदल्न जरुरी छ ।

७५ वा ५० यहाँसम्म कि २५ वर्षअघिको नेपाल र नेपाली अहिले छैनन् । भारतले दृष्टिकोण बदल्न नसके नेपालले बदल्नुपर्छ । उनी भन्छन्— ‘यसले गर्दा चीनले नेपालबाट ठूल्ठूलो स्वरमा बोल्न लागेको छ । चीनले नेपाललाई भारतमाथि विश्वास नगर्न भनिरहेको छ । कहिलेकाहीँको अवस्था हेर्दा लाग्छ, नेपालले पनि चीनले भनेको मानिरहेको छ ।’

हो, चीनले नभन्दा पनि भारतले नेपालसँग गुमेको विश्वास फिर्ता लिन पहल गर्नैपर्छ । नेपाल कहिले कुनै देशको गुलाम नभएको र जहिले स्वतन्त्र राष्ट्रको रूपमा रहेको जिकिर गर्दै उनले भारतले पनि नेपाल सधैं स्वतन्त्र राष्ट्रकै रूपमा रहोस् भन्ने चाहेको स्पष्ट पारे । चीन आफ्नो स्वार्थका लागि नेपाललाई प्रयोग गर्ने चेष्टा अब गर्नु भूल हुनेछ । त्यो समय धेरै परिवर्तन भएको छ । ग्लोबलाइज्ड यो युगमा कोही कसैको दबाबले दबदबा कायम गर्ने कोरा कल्पनाबाहेक केही हुनसक्दैन । भारतीय शासकहरु सधैं भन्छन्— ‘केही लाख नेपाली भारतमा कार्यरत’ छन् । तुलनात्मक रुपमा नेपाली धेरै होलान्, तर भारतीय विदेश मन्त्रालयको तथ्याङ्क भन्छ ‘नेपालमा ७ लाख भारतीय छन्, जुन संसारको १४औं ठूलो संख्या हो ।’

खुला सीमा र भूपरिवेष्टित देश हुनु भारतको अलग्गै आर्थिक फाइदा हो नेपाल । नेपाल नै भारतको करिब एकलौटी बजार हो । त्यसको बदला नेपालबाट केही निर्यात गर्दा नेपालीले व्यहोरेको झन्झटबारे पनि अब बोल्नै जरुरी छ । भारतले नेपाललाई स्वतन्त्र राष्ट्रभन्दा बढीमात्र उपयोग गर्ने र फाइदाको दृष्टिले हेर्ने गरेको छ । सन् १९५० को सन्धिदेखि भारतले नेपाललाई हेपाहा नजरले हेर्ने गरेको छ । पटकपटकको नाकाबन्दी, सिमानामा भारतीय फौजको घृणित व्यवहार, पारवहन सन्धि र नेपालको लगभग एकलौटी ग्राहकको स्थितिले नेपाल-भारत सम्बन्धमा असमानता देखिन्छ ।

भूपरिवेष्टित देशहरूले आफ्ना पारवहन अधिकारहरूको सुरक्षा गर्न विभिन्न अन्तर्राष्ट्रिय कानूनी सन्धि र सम्झौताहरूमा अवलम्बन गर्न सक्छन्, नेपालले त्यो सन्देश दिन संकुचित मन बनाउनैपर्ने कारण छैन । यी सन्धिहरूले भूपरिवेष्टित राष्ट्रहरूको व्यापारिक पहुँच र आर्थिक विकासलाई समर्थन गर्न आधार प्रदान गर्छन् । भारत र नेपालबीचको १९५० को सन्धि यथार्थमा सम्बन्धमा विश्लेषण गर्न आवश्यक छ कि यस सन्धिको उपयोग र व्याख्यामा के के समस्या आउँछन् । नाकाबन्दी जस्ता कार्यहरूले अन्तर्राष्ट्रिय कानूनी मान्यता र मानव अधिकारको उल्लंघन गर्ने जोखिम हुन्छ, जसलाई समाधान गर्न प्रासंगिक कानूनी संरचना र अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार गर्नुपर्ने आवश्यकता छ । भारतीय पक्ष सधैं सुरक्षाको प्रश्न गरेको देखिन्छ । राम्रो कूटनीतिक सम्बन्धले प्रगतिको शिखरतर्फ अघि बढेका केही देश र उनीहरूले अवलम्बन गरेका नीतिबारे यहाँ चर्चा गरौं ।

भारतको स्वार्थअनुरुप नेपाल चल्नुपर्ने कारण छैन । नेपाल-भारतबीच सयौं सांस्कृतिक जडान हुँदाहुँदै भारतले नाकाबन्दी जस्ता अमानवीय व्यवहार देखाउँदा चीनले नेपाल पठाएका केही थान ट्याङ्करको पेट्रोलले भारतलाई उति बेला नै ‘पोल्नु’पर्ने थियो र आफ्ना निर्णय र गल्तीमा क्षमा माग्नुपर्ने थियो ।

जर्मनी र फ्रान्सले दोस्रो विश्वयुद्धको पछि एकता र सहयोगको मार्ग अपनाए । त्यसका लागि दुवै देशले विभिन्न पहलहरू गरेका थिए । जस्तै कि युरोपेली संघको स्थापनामा सहयोग भयो ।

  • उनीहरुले साझेदारी र सहयोगमा साझा सुरक्षाको मोडेल, व्यापार समझदारी र सांस्कृतिक आदानप्रदानको माध्यमबाट यस क्षेत्रले स्थिरता र समृद्धिमा योगदान पुर्‍याएको देखिन्छ । त्यस्तै डबलिन सम्झौताले आपसी सहयोग र व्यापार बढाउन यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

अनि सिंगापुर र मलेसियाले आर्थिक साझेदारीको लागि विभिन्न पहलहरू गरिरहेका छन्, जसले दुवै देशको व्यापार र लगानीलाई प्रवर्द्धन गरेको छ ।

  • सीमा विवाद समाधान : सीमामा विवाद समाधान गर्न द्विपक्षीय वार्तामा ध्यान केन्द्रित गरिएका छन् ।
  • सार्वजनिक क्षेत्र सहयोग : व्यापारिक र पूर्वाधार क्षेत्रमा सहयोगले सम्बन्धलाई बलियो बनाएको छ । त्यस्तै अस्ट्रेलिया र न्यूजील्याण्ड, उनीहरुको नीति र सफलता जस्तै :
  • सीमा क्षेत्रीय सहयोग

अस्ट्रेलिया-न्यूजील्याण्ड क्लोज इकोनमिक रिलेशनले व्यापार र लगानीको लागि सहकार्यको आधार तयार राख्छ ।

  • सुरक्षा सहयोग : सुरक्षा र कूटनीतिक सहयोगलाई बलियो बनाउने विभिन्न समझदारी र पहलहरू छन् ।
  • संस्कृतिक सम्बन्ध : साझा सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोगले दुवै देशको सम्बन्धलाई बलियो बनाएको छ ।

उता क्यानडा र अमेरिका नीति र सफलता अझै ब्यापक छन् ।

चीन आफ्नो स्वार्थका लागि नेपाललाई प्रयोग गर्ने चेष्टा अब गर्नु भूल हुनेछ । त्यो समय धेरै परिवर्तन भएको छ । ग्लोबलाइज्ड यो युगमा कोही कसैको दबाबले दबदबा कायम गर्ने कोरा कल्पनाबाहेक केही हुनसक्दैन ।

  • मुक्त व्यापार सम्झौता : नाफ्टापछि क्यानडा र अमेरिकाबीच व्यापारिक सम्बन्धलाई मजबुत बनाउन नयाँ सम्झौताहरू गरिएको छ ।
  • सुरक्षा सहयोग : संयुक्त सुरक्षा रणनीतिहरू, विशेष गरी उत्तरी अमेरिका सुरक्षा साझेदारीमा दुवै देश सामेल छन् ।
  • सांस्कृतिक र शैक्षिक सम्बन्ध : साझा सांस्कृतिक र शैक्षिक पहलहरूले सम्बन्धलाई प्रगाढ बनाएको छ ।

कोरिया गणतन्त्र र जापान

  • उद्योग र व्यापार सहयोग : कोरिया र जापानले व्यापारिक र औद्योगिक साझेदारीमा बल दिएको छ ।
  • सामाजिक र सांस्कृतिक आदानप्रदान : सांस्कृतिक र शैक्षिक आदानप्रदानले दुवै देशको सम्बन्धमा सुधार ल्याएको छ ।

यी सफल सम्बन्धहरू विभिन्न नीति र पहलको आधारमा स्थापित भएका हुन्, जसले द्विपक्षीय सम्बन्धमा स्थिरता र प्रगति ल्याएका छन् । यी रणनीतिहरूले अन्य देशहरूलाई पनि सहयोग र स्थायित्वको मार्गमा अघि बढ्न प्रेरित गर्न सक्छन् ।

प्रधानमन्त्री बनेदेखि नरेन्द्र मोदीले १५०० बढी पुराना कानून परिमार्जन र निष्क्रिय गराएका रिपोर्ट सुनिन्छन् । स्तम्भकार विश्वस्त थियो कि उनले नेपाल-भारतको आत्मीयतामा उल्झन बनेको १९५० को सन्धि पुनरावलोकनको पहल गर्नेछन्, बदलामा नकाबन्दी दिए । अब नेपालले नै पहल गर्न जरुरी छ । सीमा, व्यापार, रोटीबेटी, विकास साझेदारी, शिक्षा, स्वास्थ्य आदि एकअर्का देशमा असार पार्ने विषय हुन् । केही समयअघि जी- २० देशहरूको शिखर सम्मेलन गर्दा संसारमा ‘वसुधैव कुटुम्बकम’को सन्देश फिजाएको मोदी सरकारले आफ्नै छिमेकीलाई चिढाएर अन्य छिमेकीलाई दोष दिएर पन्छिने काम
नगर्ला कि ! आशा गरौं ।

अयं निजः परो वेति गणना लघुचेतसाम्।
उदारचरितानां तु वसुधैव कुटुम्बकम्।।


प्रतिक्रिया

2 thoughts on “दक्षिण हेर्ने दृष्टिकोण

  1. १९५० को सन्धीले मूलतः १. नेपाल र भारत समान हैसितका सम्प्रभू राष्ट्र रहेको,२.दुइ देश बीच खुल्ला सिमाना रहने,३.दुबै देशका नागरिक दुबै देशमा खुल्ला अावत,जावत,वसोवास र सम्पत्ति खरीद बिक्रि गर्न सक्ने भन्ने ३ व्यवस्था कायम गरेको छ । कुन बुँदामा के संशोधन गर्ने हो भन्ने कुनै क्लू नदीइकन भू राजनेतिक विज्ञ भै टोपल्ने विश्लेषकहरूले अप्ठ्यारो सिर्जना गरिरहेका छन् । १९५० को सन्धी त्यहि सन्धी हो जसले नेपाललाइ संयुक्त राष्ट्र सँघको सदस्यता दिलाएको थियो । २०४५ को नाकाबन्दी लगाउन बहूदलवादी दलहरूले भारतलाइ दवाव दिएका थिए । गणतन्त्र पछिको नाकाबन्दी सिमानामा मानव साङ्लो खडा गरेर मधेश केन्द्रित दलहरूले लगाएका थिए । सत्य कबोल्न नसक्ने बिचारले कुनै दिशा दिन सक्दैन । फल्स न्यारेटीभ निर्माण र बेचविखन गर्ने र नेपाल भारत सम्वन्धलाइ धुलिसात बनाउने काम नेपालबाट बारम्बार भैरहेको तथ्य खुलाउन नसक्ने यस्तै पक्षपाती लेखकहरूका कारण बिग्रेको सम्वन्धबाट नेपालले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ । स्वस्थ दिमाख राख्ने जो कोहि नेपालीले के बिर्सनुहुँदैन भने दक्षिण नेपालको लाइफ लाइन हो यसलाइ बदल्न कुनै वाद तर्क शास्त्र र सिद्धान्तले सक्दैन । उसै गरि नेपालको उत्तर तर्फको कनेक्टिभिटीको कुनै अर्थ र उपादेयता छैन भन्ने प्रमाणित गर्न पनि कुनै वाद,तर्कशास्त्र र सिद्धान्त अावस्यक पर्दैन ।

    1. यो को भाइ हुन्, यिनको कमेण्ट पढे पछी लेख पडे ।भाइले नेपाली न बुज्ने रैच केरे । त्यो मान्छे को भिडिओ सुन न भाई । नेपाल ले मागेन के के माग्ने हो के के बदल्ने हो भनु परो भनेको ले । भन्य रैच त सही उत्तर माग्न सही प्रश्न गर भनेर । तर नेपाल ले आफ्नो स्वतन्त्र देश को हैसियत ले अरु देश सङ्ग स्ąंबन्ध राख्न सक्छ भन्नु नेपाल भारत सम्वन्धलाइ धुलिसात बनाको हुन्छ भाई ? कमेट हेरदा भारत को भात को दुर्गन्ध त आउछ नेपाल लाई नेपाल को आखा ले हे भन्नु पछे पाती लेखक हुन्छ भाई ?चिन सङ्ग उस्लाई दुस्मनी छ भन्दाइ मा चिन नजिक भन्नु सही हो ?पिलर पिलर निती भन्दाइ सबै दल छाम्दै हिड्ने भारत लाई ठीक कुरो लेखो । जśले जे बने तेइ गर्न हुन्छ ? कसैले नेपाल लाई हमालआ गर भन्ला अनि गर्ने तेइ हन्ने हो बहै तिमी । पेरी पडा लेख्

      तिमी पक्कै भारत को भात खाने मान्छे हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *