एनएमबी बैंकको ८.९२ प्रतिशतदेखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा
नेपाल प्रेस
२०८१ साउन ७ गते १०:४२
काठमाडौं । एनएमबी बैंकले एनएमबी होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ ।
एनएमबी होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्ने बैंकले जनाएको छ । ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्नेछन् ।
घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ ।
एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर