एनआई सी एसिया बैंक २७औँ वर्षमा प्रवेश – Nepal Press

एनआई सी एसिया बैंक २७औँ वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एसिया बैंक २७ वर्षमा प्रवेश गरेको छ । बैंकले २७ वर्ष प्रवेशको अवसरमा सम्पूर्ण ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी लगायत सबै सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ स्लोगनका साथ सेवा दिँदै आएको एनआएईसी एसियाले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने अठोट गरेको छ ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको बैंकले आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै लगेको छ । स्थापनाकालदेखि अहिलेसम्म बैंकका मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहितशाखा सञ्जाल छन् ।

फलस्वरुप देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्बाध रूपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्‍याउनसमेत पनि बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुलरू.२६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ ।

गतअर्थिक वर्ष २०८०/८१ मा मात्रै रू.२ अर्ब ८९ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रूपमा बैंक स्थापित हुन सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर