कर्णालीमा प्रतिपक्षमा धकेलियो माओवादी, चार मन्त्रीले दिए राजीनामा – Nepal Press

कर्णालीमा प्रतिपक्षमा धकेलियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै माओवादी सरकारबाट बाहिरिएको हो । यहाँका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका छन् ।

माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका हुन् । केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

यी चारजना गत वैशाख १८ मा नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर