रायको हत्याबारे सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग – Nepal Press

रायको हत्याबारे सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वमन्त्री रामचन्द्र रायको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ ।

पूर्वमन्त्री रायको गएराति सर्लाही चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

राप्रपाले एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय रहेको जनाउँदै भर्त्सना पनि गरेको छ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको लोकप्रिय राष्ट्रवादी नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर