लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण निश्चित – Nepal Press

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण निश्चित

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि आर्थिक मामिलामन्त्री रहेका आचार्यलाई पार्टीले निर्णय गरेर मुख्यमन्त्री बनाउन लागेको हो ।

उपनेता आचार्यले पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारीमा रहेको नेपाल प्रेसलाई बताए । आचार्य महासचिव शंकर पोखरेलनिकट मानिन्छन् । संसदीय दलका नेता लीला गिरीलाई ब्याक गरेर आचार्यलाई अघि सारिएको हो ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । ‘अहिले हामी मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं’, उनले भने ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् । यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर