सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालय ठप्प – Nepal Press

सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालय ठप्प

काठमाडौं । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको बताए ।

उनले भने, ‘अहिले सर्भर डाउन भएर देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ । सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ ।’

प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए ।

सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *