सञ्चारमाध्यममा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ: शिक्षामन्त्री भट्टराई (भिडिओ) – Nepal Press

सञ्चारमाध्यममा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ: शिक्षामन्त्री भट्टराई (भिडिओ)

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने बताएकी छन् ।

सोमबार ललितपुरमा मिडिया एडभोकेसी ग्रुप र हाई कमिसन अफ क्यानडाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारितादेखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताइन् ।

सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी रहेको उनले बताइन् ।

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्दै मन्त्री भट्टराईले महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको उल्लेख गरिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको भन्दै पत्रकारितामा महिला ल्याउन र टिकाइराख्न जरुरी रहेको बताए ।

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडिया हाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्ने धारणा राखे ।


प्रतिक्रिया

One thought on “सञ्चारमाध्यममा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ: शिक्षामन्त्री भट्टराई (भिडिओ)

  1. महिला भएपछि महिलाको मात्रै कुरा गर्नुपर्ने हो? मन्त्री पद देशकै हो, महिलाको मात्रै हैन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर