जनताको मागअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह (भिडिओ)
काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।
बीपी कोइराला स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको भन्दै जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताए ।
उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले जनताको इच्छा पूरा गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गरे ।
संघ, प्रदेश र स्थानीय तीन तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको उनको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्नेसमेत बताए ।