डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका उद्योगको लाइन जोडिन्छ : मन्त्री खड्का (भिडिओ) – Nepal Press

डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका उद्योगको लाइन जोडिन्छ : मन्त्री खड्का (भिडिओ)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरुले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका हुन् । उनले व्यवसायीहरुबाट उठ्न बाँकी रकमको निक्र्यौल हुन बाँकी रहेको जिकिर गरे ।

उनले यस विषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिटै आवश्यक निष्कर्ष निस्कने दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर