ललितपुरमा लागु औषधका मुद्दा तेब्बर वृद्धि – Nepal Press

ललितपुरमा लागु औषधका मुद्दा तेब्बर वृद्धि

काठमाडौं । ललितपुरमा लागु औषधसँग सम्बन्धित मुद्दाको संख्या एक वर्षमा तेब्बरले वृद्धि भएको छ । औषधीजन्य लागु औषध ‘फर्मास्युटिकल्स ड्रग्स’ बरामद र प्रयोगको संख्या ह्वात्तै बढेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २ सय ३ जनाविरुद्ध एक सय १६ वटा लागु औषधका मुद्दा दर्ता भएका छन् । गत वर्ष लागु औषधी सम्बन्धी कसुरको मुद्दा दर्ता संख्या ५४ थियो ।

‘साथीभाइको संगत, बेरोजगारी, पारिवारिक भूमिकाको कमी, कानूनी ज्ञानको कमी, पश्चिमा संस्कृतिको प्रभाव जस्ता कारणले लागु औषध प्रयोग कर्ताहरु बढिरहेको देखिन्छ’, एसपी सुवेदीले भने ।

केही समयअघि ललितपुरमा एक युवक कोठामा मृत भेटिएका थिए । ती युवकले लागु औषधको ओभर डोज लिएको प्रारम्भिक अनुमान थियो । घटनास्थलबाट औषधीजन्य लागु औषधहरु पनि बरामद भएका थिए ।

लागु औषधको प्रयोग र दुर्व्यसनीको संख्या कम गर्न जिल्ला प्रहरी परिसर ललितपुरले लागु औषधको जोखिममा परेका समुहको पहिचान गरि त्यस्ता लक्षित समूहमा विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गरिरहेको एसपी सुवेदीले बताए ।

‘विधालयलक्षित कार्यक्रम,समुदाय लक्षित कार्यक्रमहरु नियमित रुपमा सन्चालन गरिरहेको छौँ । लागू पदार्थको दुर्व्यसनको कारणले हजारौं युवाहरुले अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थता हाम्रो सामु रहेको छ’, उनले भने, ‘एउटा दुर्व्यसनीको कारणले परिवारका अन्य सदस्यहरुले पानि अनेकौ पीडा, र कष्ट सहनु पर्ने हुँदा यसलाई नियन्त्रण गर्नको लागि अभिभावक,परिवारका अन्य सदस्यहरु, विद्यालयका शिक्षक तथा आम नागरिकहरुको उत्तिकै जिम्मेवारी हुन्छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर