मध्यरातमा सहमति गरेको आरोपबारे प्रधानमन्त्रीको टिप्पणी- राजनीतिक दलको अफिस टाइम हुँदैन (भिडिओ) – Nepal Press

मध्यरातमा सहमति गरेको आरोपबारे प्रधानमन्त्रीको टिप्पणी- राजनीतिक दलको अफिस टाइम हुँदैन (भिडिओ)

‘थकाइ लागेका दिउँसो पनि सुत्छन्, थकाइ नलाग्नेहरू राति पनि काम गर्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने प्रष्ट पारेका छन् । कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपबारे जवाफ दिँदै उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताए ।

आज संसद वैठकमा जारी प्रधानमन्त्रीसँग सवालजवाफमा सांसद दुर्गा राईले मध्यरातमा सहमति गर्नुको कारण सोधेकी थिइन् ।

उनको प्रश्न थियो, ‘मध्यराति के आपत पर्‍यो र १२ घन्टा पर्खिन नसक्नेगरी सात बुँदे सम्झौता गर्नुको कारण के हो ? के यसमा आम नेपालीले थाहा पाउँदा विद्रोह गर्ने विषय छन् र ?’

प्रधानमन्त्रीले यसमा लिखित जवाफ नदिइकन मौखिकरूपमै बोले ।

उनको जवाफ यस्तो थियो-

मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेर कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ ? एएमभित्र सक्नुपर्छ ? यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन । राजनीतिक गतिविधिको समय अफ हुँदैन । घडी अफ हुँदैन । समय गतिशील छ । थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नलागेकाहरू बस्छन् काम पनि गर्छन् । यस्तो सानोतिनो कुरामा टाउको दुखाएर समय खेर नफालौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर