लुम्बिनीमा चेतनारायणलाई मुख्यमन्त्री बनाउन कांग्रेस-एमालेको दाबी पेश (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन ७ गते १५:५९
रूपन्देही । लुम्बिनी प्रदेशको नयाँ मुख्य मन्त्रीमा नेकपा एमालेका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन ५६ सांसदहरूको हस्ताक्षरसहितको दाबी पेश भएको छ ।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालमा एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका हुन् । प्रदेश प्रमुअ अमिक शेरचनले आज साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले आज नै नियुक्ति गर्ने जनाएका छन् ।
प्रतिक्रिया