मंसिर २ गतेसम्म न्यूरोडमा थप काम नगर्ने सहमति (भिडिओ) – Nepal Press

मंसिर २ गतेसम्म न्यूरोडमा थप काम नगर्ने सहमति (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने सम्बन्धित वडा र स्थानीय वासिन्दासँग सहमति गरेको छ ।

सहमतिअनुसार एक कार्यदल बनाएर कार्यदलले दिएको आधारमा त्यसपछि फुटपाथ विस्तारलाई के गर्ने भनी निर्णय गरिनेछ ।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।

हाल इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर कार्यदलले प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको सुझावको आधारमा थप कार्य अघि बढाउने सहमति भएको बताइएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनीता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोली वार्तामा बसेको थियो ।

महानगरले न्यूराेड सडक साँघुर्‍याएर फुटपाथ बढाउन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । जनप्रतिनिधिहरूसहित स्थानीयको आन्दोलनमा सहभागी भएपछि काठमाडौंका मेयर शाह सहमतिमा आउन बाध्य भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *