माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले बिचौलियाको दबाब र कमिसन प्रभावमा परेर ठाडो आदेश दिनुभयो (भिडिओ) – Nepal Press

माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले बिचौलियाको दबाब र कमिसन प्रभावमा परेर ठाडो आदेश दिनुभयो (भिडिओ)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरुलाई २२ अर्ब राजश्व छुट दिन लागेको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिशनमा लागेर उद्योगहरुको विद्युत महशुल मिनाहा गर्न लागेको बताएका हुन् ।

उनले विद्युत प्राधिकरणले कानूनसम्मत रुपमा वक्यौता नतिर्ने उद्योगहरुको विद्युत काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा वक्यौता नतिरिकन विद्युत जोड्नु नहुने बताए । उनले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताए । उनले महशुल नतिर्ने उद्योगहरुलाई मिनाहा गर्ने हो भने महशुल तिरेका उद्योगहरुको पनि महशुल फिर्ता गर्नुपर्ने बताए ।

सांसद दाहालले प्रधानमन्त्री ओलीले विचौलियाको दबाब र प्रभावमा परेर विद्युत जोड्न आदेश दिएको भन्दै विद्युत प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताए । उनले विद्युत प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले बिचौलियाको दबाब र कमिसन प्रभावमा परेर ठाडो आदेश दिनुभयो (भिडिओ)

  1. खान नपाएर तिलमिलाएका भोकाहरू । सरकार गैहाल्यो । अब परेन फसाद ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर