मौद्रिक नीति कस्तो आउनुपर्छ ? पूर्वअर्थमन्त्री पुनका यस्तो सुझाव (भिडिओ) – Nepal Press

मौद्रिक नीति कस्तो आउनुपर्छ ? पूर्वअर्थमन्त्री पुनका यस्तो सुझाव (भिडिओ)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले निजी क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् । उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अप्ठ्याराहरुलाई फुकाउनुपर्ने बताए ।

उनले लगानीयोग्य पूँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए ।

‘वित्तिय नीति र मौद्रिक नीति एक अर्काका पूरक हुन् । त्यही रुपले आउनुपर्छ । समयमै आउनुपर्छ । खासमा अहिले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिराखेको छ । केही कडाइको महशुस गरिराखेको छ । केही लचकता गर्नुपर्छ । घरजग्गा कारोबार, शेयर कारोबारमा रहेका क्यापिङहरु, अप्ठ्याराहरुलाई फुकाउनुपर्छ । लगानीयोग्य पुँजी पर्याप्त छ । बैंकहरुमा थुप्रिएर बसेको छ’, उनले भने, ‘त्यसलाई चलायमान बनाउनलाई मौद्रिक नीतिले सघाउ पु¥याउनुपर्छ । नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा हस्तक्षेपमा गर्नु हुँदैन । राष्ट्र बैंकले स्वतन्त्र ढंगले निजी क्षेत्रका चासोहरुलाई सम्बोधन गरोस् । सरकारले लिएको लिएको वित्तिय नीतिलाई समर्थन गर्ने ढंगले आओस् । यसमा कुनै स्वार्थ समुह हाबी नहोस् । मेरो शुभेच्छा छ राष्ट्र बैंकलाई ।’

उनले मौद्रिक नीति सरकारले लिएको वित्तिय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर