कर्णाली प्रदेशको समग्र विकासमा एक भएर लागौं : उपसभापति खड्का – Nepal Press

कर्णाली प्रदेशको समग्र विकासमा एक भएर लागौं : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको समग्र विकासमा एक भएर लाग्न आह्वान गरेका छन् ।

सोमबार तीज गीत ‘नाचिदे कान्छी’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशका लागि आफैँले गर्नुपर्ने भन्दै कोही पनि व्यक्ति स्वर्गबाट आएर देश विकास हुन नसक्ने बताए । उनले कमजोरी र त्रुटीलाई सच्याउँदै कर्णाली प्रदेशलाई समग्रतामा शिखरमा पुर्याउनुपर्ने बताए ।

उनले सिंगो देश र अन्य प्रदेशको दाँजोमा अग्र स्थानमा कर्णाली प्रदेशलाई लिएर जान आवश्यक रहेको बताए । उनले कर्णाली प्रदेशलाई अग्र भागमा लैजान एकता, समर्पण, निष्ठा, त्यागको आवश्यकता रहेको बताए ।

‘हामीले हाम्रो देशको लागि, हाम्रो कर्णाली प्रदेशको लागि समग्रतामा धेरै गर्नुछ । त्यो गर्ने कसैले होइन, हामीले हो । हामीले अरु आएर गरिदिएला, कोही स्वर्गबाट आएर गर्ला, कोही कसैले गर्ला भनेर सोच्यौँ भने हामीले गल्ती गर्दैछौँ । त्यसैले ठिक गरेपनि हामीले गर्ने हो, बेठिक गरेपनि हामीले गर्ने हो । प्रगति गरेपनि र कमजोरी गरेपनि हामीले गर्ने हो’, उनले भने, ‘त्यसैले हाम्रा कमजोरी र त्रुटीलाई सच्याउँदै हामीले कर्णाली प्रदेशलाई समग्रतामा शिखरमा पु¥याउनुछ । सिंगो देश र अन्य प्रदेशको दाँजोमा अग्र स्थानमा कर्णाली प्रदेशलाई लिएर जानुछ । त्यसको लागि हाम्रो एकता, समर्पण, निष्ठा, त्याग र हामी सबै बीचको सहकार्य र सद्भाव पहिलो शर्त हो । त्यसका लागि हाम सबै एक हुनुपर्छ ।’

उपसभापति खड्काले कर्णालीका समग्र नागरिकको प्रगतिमा एक भएर जुट्न आह्वान गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर