एक वर्षमा साढे १२ हजार विद्युतीय गाडी नेपाल भित्रिए – Nepal Press

एक वर्षमा साढे १२ हजार विद्युतीय गाडी नेपाल भित्रिए

काठमाडौं । एक वर्षको अवधिमा साढे १२ हजार चारपांग्रे विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । आर्थिक वर्ष २०८०/८१ को अवधिमा १२ हजार ५७४ विद्युतीय सवारी साधन नेपाल भित्रिएको भन्सार विभागको तथ्याङकले देखाएको हो ।

भन्सार विभागका अनुसार ११ हजार ७०१ विद्युतिय भ्यान, जीप, कार र ८७३ मिनी÷माइक्रो वस गरी कुल १२ हजार ५७४ विद्युतीय गाडीहरु नेपाल भित्रिएका हुन् । एक वर्षमा कुल ३२ अर्ब ३६ करोड २ लाख ९६ हजार रुपैयाँको विद्युतिय सवारी साधनहरु आयात भएका छन् । उक्त सवारी साधनको आयतबाट सरकारले १३ अर्ब ९३ करोड ९४ लाख १३ हजार रुपैयाँ राजस्व उठाएको छ ।

नेपालमा ५० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधनहरू भित्रिने गरेका छन् । जसमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका विद्युतीयता गाडीहरू निर्यात हुने गरेका छन् ।

गत जेठ महिनासम्म कुल ११ हजार ४६६ वटा विद्युतीय कार, भ्यान र जीप नेपाल भित्रिएका थिए। भने, जेठ महिनामा मात्रै २ हजार ९६९ बाट विद्युतीय गाडीहरू नेपाल भित्रिएका थिए ।

गत वैशाख महिनामा मात्रै १ हजार ४ सय ४ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए । त्यस्तै, गत चैत मसान्तसम्म ७ हजार ९३ वटा चारपाङ्ग्रे विद्युतीय गाडीहरू आयात भएका थिए । जहाँ चैत महिनामा मात्रै ६५८ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

फागुनमा झन् २९१ वटा चार पाङ्ग्रे विद्युतीय गाडी आयात भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *