नेपालले एक वर्षमा पौने तीन अर्बको छुर्पी गर्‍यो विदेशमा विक्री, ५ वर्षको तथ्यांक यस्तो छ – Nepal Press

नेपालले एक वर्षमा पौने तीन अर्बको छुर्पी गर्‍यो विदेशमा विक्री, ५ वर्षको तथ्यांक यस्तो छ

काठमाडौं । एक वर्षमा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ निर्यात गरेको छ । नेपालले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको हो ।

नेपालले आर्थिक वर्ष २०८०/८१ भर कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । नेपालबाट विदेशमा वस्तु निर्यात गर्नेको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा पनि नेपालबाट बढी निर्यात हुने वस्तुहरूको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो ।

नेपालबाट सबैभन्दा बढी कुकुरलाई खुवाउने आहार ‘डग च्यू’ निर्यात अमेरिकामा हुने गरेको छ । डग च्यू विदेशी मुलुकहरूमा कुकुर बिरालोको आहाराका रूपमा निर्यात गर्ने गरिन्छ । नेपालबाट निर्यात हुने वस्तुमा अहिले सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाई रहको छ । छुर्पी व्यापारीहरूले पनि नेपालबाट हुने निर्यातले निकै राम्रो वृद्धि लिने आंकलन गरेका छन् ।

‘डग च्यू’ को व्यापार कुन महिनामा कति हुन्छ ?

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना असारमा मात्रै नेपालबाट विदेशमा ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो ।

भदौ महिनासम्म नेपालले कुल ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो । जहाँ भदौ महिनामा मात्रै नेपालले १७ करोड ५३ लाख ३८ हजार रुपैयाँको डग च्यू निर्यात गरेको थियो ।

असोजसम्म आइपुग्दा नेपालले कुल ७६ करोड ११ लाख ६ हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो । जहाँ असोज महिनामा मात्रै २१ करोड १३ लाख ६ हजार रुपैयाँको डग च्यू निर्यात भएको थियो ।

कार्तिक महिनासम्म नेपालबाट ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको डग च्यू निर्यात भएको थियो । कार्तिक महिनामा मात्रै २१ करोड ७८ लाख ४३ हजार रुपैयाँको डग च्यू विदेश पठाइएको थियो ।

त्यस्तै, मंसिर महिनासम्म डग च्यूको निर्यात १ अर्ब १८ करोड ७३ लाख ६३ हजार रुपैयाँ पुगेको थियो । मंसिर महिनामा मात्रै २० करोड ८४ लाख १४ हजार रुपैयाँको कुकुरलाई खुवाउने आहारा निर्यात गरिएको थियो ।

पुस महिनासम्म नेपालबाट १ अर्ब ४१ करोड २९ लाख २६ हजार रुपैयाँको ‘डग चयू’ अर्थात् छुर्पी विदेशी मुलुकहरूमा निर्यात गरिएको छ । पुस महिनामा मात्रै २२ करोड ५५ लाख ६३ हजार रुपैयाँको उक्त डग च्यू निर्यात गरेको देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म नेपालले १ अर्ब ६५ करोड ७९ लाख ६२ हजार रुपैयाँको कुकुरको आहारा डग च्यू निर्यात गरेको थियो । माघ महिनामा मात्रै गड च्यूको निर्यात २४ करोड ५० लाख ३६ हजार रुपैयाँको निर्यात गरिएको छ ।

फागुन महिनासम्म आइपुग्दा नेपालबाट डग च्यूको निर्यात १ अर्ब ९८ करोड ५८ लाख ७८ हजार रुपैयाँ पुगेको देखिन्छ । जहाँ फागुन महिनामा मात्रै ३२ करोड ७९ लाख १६ हजार रुपैयाँको डग च्यू विदेशी मलुकहरुमा पठाइएको छ ।

चैत महिनासम्म यस्तो डग च्यूको निर्यात २ अर्ब ३१ करोड ६६ लाख ७७ हजार रुपैयाँको कुकुर बिरालोलाई खुवाउने आहारा डग च्यू निर्यात गरिएको छ । जहाँ चैत महिनामा मात्रै ३३ करोड ७ लाख ९९ हजार रुपैयाँको डग च्यू विदेश पठाइएको छ ।

वैशाख महिनासम्म आइपुग्दा नेपालबाट कुल २ अर्ब ६१ करोड १९ लाख ८५ हजार रुपैयाँको १३ लाख ४५ हजार ५०१ किलोग्राम डग च्यू विदेशी मलुकहरुमा निर्यात भएको छ । वैशाख महिनामा मात्रै २९ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको कुकुर बिरालोको आहारा डग च्यू निर्यात गरिएको छ ।

नेपालले आर्थिक वर्षको ११ महिना अर्थात् जेठ महिनासम्म २ अर्ब ९७ करोड ७५ लाख ९७ हजार रुपैयाँ बराबरको कुरकुरलाई खुवाउने आहारा ‘डग च्यू’ निर्यात गरेको छ । जेठ महिनामा मात्रै नेपालबाट ३६ करोड ५६ लाख १२ हजार रुपैयाँ बराबरको डग च्यू निर्यात गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिनासम्म अर्थात् असार महिनासम्म नेपालबाट कुल ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । असार महिनामा मात्रै २० करोड ६७ लाख ३० हजार रुपैयाँको छुर्पीको निर्यात भएको देखिन्छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ‘डग च्यू’ को माग व्यापक रूपमा बढेको छ । ‘डग च्यु’ चौरी गाई तथा गाईको दूधबाट बनाइने छुर्पीको प्रकार हो । जसको प्रयोग पश्च्मिा मुलुकहरूमा कुकुर तथा बिरालोको आहारका रूपमा गरिन्छ ।

विगत ५ वर्षमा यस्तो छ ‘डग च्यू’ को व्यापार

अजभन्दा ५ वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७५/७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ मात्रै विदेशमा बिक्री गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल बस्तु निर्यात ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँको रहेको थियो । यति बेला नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूको तालिकाको २४ औँ स्थानमा ‘डग च्यू’ रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ निर्यात गरेको थियो । यस वर्ष नेपालले १७ करोड बढीको डग च्यू निर्यात गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ विदेशमा निर्यात गरेको थियो । एक वर्षमा नेपालले डग च्यूको निर्यात करिब ७४ करोड रुपैयाँले बढाएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी ‘डग च्यू’ निर्यात गरेको थियो । यति बेला एकै वर्षमा नेपालले करिब १ अर्बको ‘डग च्यू’ निर्यात बढाएको थियो । यस आर्थिक वर्षमा नेपालले २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको निर्यात गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो । एक वर्षमा नेपालले डग च्यूको निर्यात करिब ४९ करोडले बढाएको थियो ।

आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी विदेशी मुलुकहरूमा निर्यात गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *