बागमतीमा लामापछि थपलियालाई मुख्यमन्त्री बनाउने सहमति, दुई मन्त्रालय हेरफेर – Nepal Press

बागमतीमा लामापछि थपलियालाई मुख्यमन्त्री बनाउने सहमति, दुई मन्त्रालय हेरफेर

हेटौंडा । बागमती प्रदेशको बाँकी रहेको करिव ४० महिनाको अवधिमा आधा-आधा कार्यकालमा नेतृत्व गर्ने सहमति भएको छ ।

मंगलबार बिहान एमाले र कांग्रेस बागमती प्रदेशका शीर्ष नेताहरुबीच उक्त सहमति पत्रमा हस्ताक्षर भएको हो ।

एमालेको तर्फबाट केन्द्रीय सल्लाहकार सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, संसदीय दलका नेता जगन्नाथ थपलिया तथा पूर्वमन्त्री केशव पोखरेल तथा कांग्रेसको तर्फबाट बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ तथा संसदीय दलका नेता बहादुर सिंह लामा सम्मिलित बैठकले बाँकी रहेको पहिलो कार्यकाल लामाको नेतृत्वमा ७ मन्त्री कांग्रेसले लिने र ६ मन्त्री एमालेले लिने सहमति भएको छ ।

लामापछि एमाले संसदीय दलका नेता थपलियाले मुख्यमन्त्री पाउने सहमति भएको छ । सहमतिमा मुख्यमन्त्रीपछिको दुईवटा शक्तिशाली मन्त्रालयको बाँडफाँट परिवर्तन गरिएको छ ।

पहिलेको सहमतिमा आर्थिक मामिला मन्त्रालय एमाले र भौतिक मन्त्रालय कांग्रेसले लिने सहमति थियो तर अब मुख्यमन्त्री पाउने दलले अर्थ पाउने भएको छ । यो सहमति थपलियाको कार्यकालमा पनि लागू हुने सहमतिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर