हार्दिकको चारित्रिक पतनले डिभोर्स, श्रीमतीले रंगेहात भेटेको दावी – Nepal Press

हार्दिकको चारित्रिक पतनले डिभोर्स, श्रीमतीले रंगेहात भेटेको दावी

‘कफी विथ करण’ मा हार्दिकको ‘स्त्रीद्वैषी’ अन्तरवार्ता फेरि चर्चामा

काठमाडौं । क्रिकेटर हार्दिक पाण्ड्या र उनकी पत्नी नताशा स्टानकोभिकको वैवाहिक सम्बन्ध हालै औपचारिक रुपमा टुट्यो । उनीहरुको डिभोर्सपछि हार्दिकका फ्यानहरुले सामाजिक सञ्जालमा नताशामाथि नानाथरि लाञ्छनाहरु लगाइरहेका छन् । हार्दिकको सम्पत्ति हडप्नका लागि नताशाले डिभोर्स दिएको उनीहरुको आरोप छ ।

नतासामाथि गालीगलौजको वर्षा हुन थालेपछि यो जोडीसँग निकटस्थ एक व्यक्तिले नयाँ तथ्य बाहिर ल्याएका छन् । उनले आफ्नो नाम सार्वजनिक नगरी रेडिटमा सबै विवरणहरु राखिदिएका हुन् । निजका अनुसार यो डिभोर्समा नताशा नभएर हार्दिक जिम्मेवार छन् । हार्दिकको चारित्रिक पतनका कारण नताशाले कठोर निर्णय लिनु परेको उनको भनाइ छ ।

विवरण यस्तो छः
हार्दिक र नताशाले हुकअपका रुपमा सुरु गरेका थिए तर नताशा गर्भवती भइन् । त्यसपछि उनीहरुले सुटुक्क बिहे गरे । पछि फेरि धुमधामसँग गरे । केही समयका लागि उनीहरु साँचो मायामा पनि परे । हार्दिकले आफ्नो पुरानो आनीबानी छोडिदिएका थिए ।

तर, सन् २०२३ को मध्यदेखि हार्दिकले फेरि पत्नीलाई चिट गर्न थाले । उनी हुकरहरुसहित कयौं केटीहरुसँग सम्बन्धमा थिए । एक विदेशी युवतीसँगको संसर्गमा हार्दिकलाई रणवीर सिंहले पनि साथ दिए । तर, रणवीरकी पत्नी दिपिका पादुकोणलाई यसमा कुनै समस्या थिएन ।

गत वर्ष नोभेम्बरको अन्त्यतिर नताशाले श्रीमानलाई (अर्को युवतीसँग) रंगेहात समातिन् । त्यसपछि उनीहरुको सम्बन्धमा दरार आउन थालेको हो । हार्दिकले छोराको खातिर श्रीमतीलाई मिलाउन पनि खोजेका थिए । तर, नताशालाई अति भइसकेको थियो । त्यसैले उनले डिभोर्सको निर्णय लिइन् । अन्ततः दुवै सम्वन्धविच्छेदका लागि भए । एक अर्काको बदनामी नगर्ने सहमति भयो ।

हार्दिकलाई नजिकबाट चिन्ने वा फलो गर्नेका लागि भने यो कुनै नयाँ कुरा होइन । उनी आफैंले नै आफ्नो चरित्रको पर्दाफास गरिसकेका छन् । सन् २०१९ मा कफी विथ करणमा हार्दिकले दिएको अन्तरवार्ताले हंगामा नै भएको थियो । त्यसमा उनले अनेक स्त्रीद्वैषी अभिव्यक्तिहरु दिएका थिए, जुन अहिले फेरि चर्चामा आएका छन् ।

करण जोहरले सञ्चालन गर्ने उक्त कार्यक्रममा हार्दिक र केएल राहललाई गेस्टका रुपमा बोलाइएको थियो । त्यहाँ हार्दिकले बोलेका कुराहरु यस्ता थिए:

करण जोहर सोध्छन्ः तपाईं नाइट क्लवमा केटीहरुको नाम किन सोध्नुहुन्न ? हार्दिक भन्छन्, ‘यस्तो पार्टीहरुमा म धेरै केटीहरुसँग हुन्छु, कतिको नाम सम्झिने ? म उनीहरुसँग कुरा गर्ने भन्दा पनि उनीहरुलाई अवलोकन गर्छु । उनीहरु कसरी मुभ गर्छन् । उनीहरु कसरी हिँड्छन् । भन्ने हेर्नुपर्छ ।’

तपाईंको बुवाले तपाईंको पकेटमा कन्डम भेट्नुभएको छ ? भन्ने प्रश्नमा हार्दिकको जवाफः ‘त्यो सामान्य हो । बुवाले मात्र होइन आमाले पनि भेट्नुभएको छ । म सँधै बोकेर हिँड्छु । मेरो परिवार सबै कुरामा खुल्ला छ । मैले पहिलोपटक आफ्नो भर्जिनिटी तोडेको बेला घरमा आएर भनेको थिएँ– आज मैले गरेर आएको छु । उहाँहरु छोरो ठूलो भयो भनेर खुशी हुनुभयो ।’

उनी फेरि थप्छन्, ‘एउटा पार्टीमा बुवाले मलाई सोध्नुभयो, तेरी केटी कुन हो ? मैले पालैपालो देखाएर भनेँ, यो… यो… यो… यो.. । यिनीहरु सबैसँग केही न केही भएको छ । उहाँले भन्नुभयो– वाह प्राउड अफ यु बेटा ।’

दुई क्रिकेटरलाई करणले सोधे, ‘एउटै केटी तपाईंहरु दुवैलाई मन पर्यो भने ?’ राहुलले जवाफ दिए, ‘केटीले जसलाई चाह्यो त्यही हुन्छ ।’ तर, हार्दिक भन्छन्, ‘त्यस्तो होइन, ट्यालेन्टको कुरा हो । जसले सक्छ, उसले लैजान्छ ।’ यो अन्तरवार्तापछि बीसीसीआईले हार्दिक र राहुल दुवैलाई कारवाही समेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *