पूर्व राज्यमन्त्री रायको हत्याको अनुसन्धानमा सीआईबी खटियो, को थिए राति आउने ३ जना ? – Nepal Press

पूर्व राज्यमन्त्री रायको हत्याको अनुसन्धानमा सीआईबी खटियो, को थिए राति आउने ३ जना ?

काठमाडौं। सर्लाहीमा आइतबार राति भएको पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) खटिएको छ।

सीआईबीले प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धानका लागि टोली पठाएको छ। शरीरमा धारिलो हतियार प्रहार भएको अवस्थामा राय आफ्नै घरमा मृत भेटिएका थिए।

परिवारसँग काठमाडौं बस्दै आएका राय जिल्लास्थित घरमा गएको बेला उनको हत्या भएको थियो। प्रहरीले रायको घरमा बस्दै आएका २१ वर्षीय राम उदेन रायलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरीको सोधपुछमा रामले आइतबार राति ९ बजे तीन जना घरमा आएको र जग्गाको विषयमा कुराकानी गरिरहेका बेला आफू माथि गएर सुतेको बयान दिएका छन्।

प्रहरीले घटनास्थल नजिकैबाट हत्यामा प्रयोग भएको घरेलु हतियार रगत लागेको अवस्थामा बरामद गरेको थियो। अनुसन्धानमा प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोली पनि खटिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार रामको पोलिग्राफ परिक्षण गर्ने तयारी भइरहेको छ। रामको भूमिका पनि शंकास्पद देखिएको भन्दै प्रहरीले उनीमाथी अनुसन्धान केन्द्रीत गरिरहेको छ। घरमा आएको भनिएका ३ जना को थिए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर