कांग्रेस-एमालेलाई ज्ञानेन्द्र शाहीले भने- भुटानी शरणार्थी र गिरीबन्धु भनेर हामीसँगै बसेर कराउने दिन नआओस् (भिडिओ) – Nepal Press

कांग्रेस-एमालेलाई ज्ञानेन्द्र शाहीले भने- भुटानी शरणार्थी र गिरीबन्धु भनेर हामीसँगै बसेर कराउने दिन नआओस् (भिडिओ)

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तापक्षमा हुँदा केही नगर्ने प्रतिपक्षमा आएपछि भ्रष्टाचारको फाइल खोल्ने कुरा नगर्न आग्रह गरे ।

उनले कांग्रेस एमालेलाई लक्षित गर्दै भने, ‘अहिले तपाईँहरू सरकारमा हुनुहुन्छ, भोलि तपाईँहरूको दिन नआओस्, फेरि भुटानी शरणार्थी, गिरीबन्धु, टेरामक्स, ओम्नी, एनसेल, मेलम्चीलगायतका काण्ड भनेर हाम्रो सँगसँगै बसेर कराउने दिन नआओस् । काम गर्नुस् ।’

उनले सदनमा तिम्रा फाइल बन्द गरेर हाम्रा किन खोल्छौँ भनेर सदनमा जुहारी चलेको उनको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष जो भए पनि भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्न माग गरे ।

यस्तै, उनले कैलालीको धनगढी उपमहानगरपालिका ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिएर चर्च बनाइएको बताए।

उनले भने, ‘वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो। र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्। धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन।’

झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन नपाइने उनको भनाइ छ। धर्म प्रचार गर्न दुई कोरियन नागरिक हिँडिरहेको उल्लेख गर्दै कारबाही गर्न माग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर