भियतनाम कम्युनिस्ट पार्टीका महासचिवको निधनमा प्रधानमन्त्री ओलीको समवेदना पत्र – Nepal Press

भियतनाम कम्युनिस्ट पार्टीका महासचिवको निधनमा प्रधानमन्त्री ओलीको समवेदना पत्र

काठमाडौं । यही साउन ४ गते ८० वर्ष उमेरमा मृत्यु भएका भियतनाम कम्युनिस्ट पार्टीका महासचिव गुयेन फु थ्रोङको घटनामा भियतनाम कम्युनिस्ट पार्टीको केन्द्र कमिटीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना सन्देश दिएका छन् ।

साउन ७ गते एमाले अध्यक्ष तथा नेपाली प्रधानमन्त्रीको रूपमा ओलीले दिएको समवेदना सन्देशमा महासचिव थ्रोङको मृत्युले भियतनामी जनता, भियतनाम देश र भियतनाम कम्युनिस्ट पार्टीलाई ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

महासचिव थ्रोङले सारा जिन्दगी भियतनामको स्वतन्त्रतामा सुम्पेको ओलीले लेखेका छन् ।

सन २०१९ मेमा भएको भेट स्मरण गर्दै ओलीले हो ची मिन्हले देखाएको समाजवादी मार्गमा महासचिव थ्रोङले राखेको भित्री विचारले आफू प्रभावित भएको पत्रमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर