पूर्वऊर्जामन्त्री बस्नेतको आरोप- अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनायो (भिडिओ) – Nepal Press

पूर्वऊर्जामन्त्री बस्नेतको आरोप- अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनायो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेको विवाद महसुल बुझाउँने कि नबुझाउने भन्ने विषयमा मात्रै सीमित नभएको बताए ।

उनले भने, ‘स्पष्ट छ यो विवाद काटिएको विद्युत लाइन जोड्ने कि नजोड्ने कुराको मात्रै होइन । यो त महसुल असुल गर्ने कि नगर्ने ? महसुल बुझाउने कि नबुझाउने भन्ने मात्रै होइन । लाइन जोड्ने नजोड्ने विद्युत प्राधिकरणको नियमावली अनुसार हुन्छ । ६० किस्तासम्म सहुलियत भएकै हो ।’

विद्युत प्राधिकरणले जारी गरेको बिलको विषयमा पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानूनी व्यवस्था भएको बताए । उनले सरकारले समस्याको समाधान नियमअनुसार गर्नुपर्ने बताउँदै ठाडो निर्देशनमा नहुने बताए । उनले यो बिषयमा सरकार गलत बाटोमा हिँडेको जिकिर गरे ।

 


प्रतिक्रिया

One thought on “पूर्वऊर्जामन्त्री बस्नेतको आरोप- अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनायो (भिडिओ)

  1. त्यत्रो साल सुमारे गोरुले जसरी ठाउँ ओगटेर बस्दा किन त समस्या समाधान नगरेको ? तिमी उर्जा मन्त्री थियोे भन्ने सपथ ग्रहण गर्ने दिन र बहिर्गमन हुने दिनमा मात्रै थाहा हुन्छ। लाइन काट्ने मात्रै समस्याको समाधान होइन। पैसा पनि असुल्ने र उधोग कलकारखाना पनि चलाउने भनेर किन सोच्न सकेन भु पु मुन्तिर ज्यु ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर