बाइडेनले राष्ट्रपतिमा समर्थन गर्ने भएपछि कमलाको अभियानमा चन्दाको ओइरो
नेपाल प्रेस
२०८१ साउन ८ गते १४:१९
काठमाडौं। अमेरिकाको सत्ताधारी दल डेमोक्रेटिक पार्टीको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति जो बाइडेन बाहिरिएर कमला ह्यारिसलाई समर्थन गरेपछि कमलालाई चन्दाको ओइरो लागेको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार २४ घण्टामा आठ करोड डलर चन्दा उठेको छ ।
८ लाख ८८ हजार जनाको भुईँ तहबाट यो रकम उठेको हो । जसमा ६० जना प्रथम पटक चन्दा दिएका अनुहारहरू हुन् ।
अमेरिकी च्यानल सीएनएनका अनुसार कमलालाई ४० सिनेटर तथा १०० हाउस मेम्बरहरूले पनि समर्थन गरेका छन् ।
जो बाइडेनले कमलालाई समर्थन गरे पनि डेमोक्रेटिक दलको आधिकारिक उम्मेदवार को हुने भन्ने औपचारिक निचोड भने आगामी अगस्टमा हुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर