बंगलादेशमा भएका प्रदर्शनहरुमा विपक्षीहरुको हात भएको शेख हसिनाको आरोप – Nepal Press

बंगलादेशमा भएका प्रदर्शनहरुमा विपक्षीहरुको हात भएको शेख हसिनाको आरोप

काठमाडौं । बंगलादेशमा जेठबाट सुरु भएको विद्यार्थीहरूको अगुवाइको प्रदर्शन उग्र हुनुमा विपक्षी दलहरूको हात भएको प्रधानमन्त्री शेख हसिनाले आरोप लाएकी छन् ।

बीबीसीका अनुसार बंगलादेशका व्यापारिक अगुवाहरूसँग बोल्दै शहिनाले भनेकी छन्, ‘मैले यो कहिल्यै चाहिन । जनताको सुरक्षाको लागि कर्फ्यु लाउन सरकार बाध्य भएको हो ।’

आइतबार बंगलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरेको भोलीपल्ट हसिनाको यस्तो टिप्पणी आएको हो । ७६ वर्षकी हसिनाले छ महिना अगाडी प्रधानमन्त्रीको रूपमा चौथो कार्यकाल सुरु गरेकी थिइन् ।

कोटा विरोधी आन्दोलन कोटाको मात्रै कुरा नभएर हशिनाको राजनीतिक विपक्षमा उत्रेको जनमतको रूपमा व्याख्या गरिएको छ ।

जेठबाट सुरु भएको बंगलादेशको कोटा विरोधी आन्दोलनमा १५० बढीको मृत्यु भएको थियो । सोमबारबाट भने विद्यार्थीहरूले ४८ घण्टाको अल्टिमेटम दिएर आन्दोलन फिर्ता गरेका छन् ।

कर्फ्यु हटाउनु पर्नेदेखि इन्टरनेट सेवा सुचारु गर्नुपर्ने भन्दै विद्यार्थीहरूले अल्टिमेटम दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर