मन्त्रिमण्डल गठन गर्दा संविधान कुल्चिएको कांग्रेस सचेतक थिङको आरोप, रास्वपा सांसदले ठोके टेबल (भिडिओ) – Nepal Press

मन्त्रिमण्डल गठन गर्दा संविधान कुल्चिएको कांग्रेस सचेतक थिङको आरोप, रास्वपा सांसदले ठोके टेबल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशिला थिङले मन्त्रिमण्डल गठन गर्दा संविधान कुल्चिएको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै क्याबिनेटमा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाएको गुनासो गरिन् ।

उनले भनिन्, ‘जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला क्याबिनेटमा कहिल्यै देख्न नपाउने भो । सायद पुरुषहरू नै प्रमुख भएर होला महिलाहरु मन्त्रीमा सिफारिस भएनन् । म कानूनमा स्नातक गरेको छु, सोसियोलोजीमा स्नातकोत्तर गरेको छु, तर म कहिल्यै योग्य भइनँ । मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन होला ।’

उनले महिलाहरु कहिलेसम्म समानुपातिक कोटामा दर्ज हुने हो भन्दै प्रश्न गरिन् ।

उनले समानुपातिकको विषयलाई उठाउँदा रास्वपासहित विपक्ष दलका सांसदहरुले टेबल ठोक्दै समर्थन जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर