प्यालेस्टाइनका १४ शक्तिहरुको मेलमिलाप संवादपछि बेइजिङ घोषणा जारी – Nepal Press

प्यालेस्टाइनका १४ शक्तिहरुको मेलमिलाप संवादपछि बेइजिङ घोषणा जारी

काठमाडौं । प्यालेस्टाइनका विभिन्न १४ शक्तिहरुले आइतबारदेखि मंगलबारसम्म चीनको राजधानीमा मेलमिलाप संवाद गरेका छन् ।

यसरी संवाद गर्नेहरुमा वेस्ट बैंकको सत्ताधारी फता, गाजाको हसमास लगायत अरु १२ शक्तिहरु रहेका चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएकाे छ । उनीहरुले इजरायलसँगको गाजा युद्धपछि राष्ट्रिय एकताको सरकार बनाउने घोषणा गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको समन्वयमा भएको छलफलपछि बेइजिङ घोषणासमेत सार्वजनिक भएको छ । बेइजिङ मेलमिलाप संवादले तीन कुरा सार्वजनिक गरेको छ ।

पहिलो कुरा, गाजामा स्थायी शान्ति कायम गर्ने । दोस्रो कुरा, प्यालेस्टाइनीले प्यालेस्टानको सत्ता चलाउने भन्दै युद्धपछि एकताको सरकार बनाउने । तेस्रो कुरा, प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्य बनाउने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर