बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो – Nepal Press

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम र मन्त्रालय टुंग्याएको छ ।

निवर्तमान मन्त्री प्रकाश श्रेष्ठले यो पटक कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने भएका छ्न् । यसअघिको सरकारमा उनको जिम्मेवारीमा रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय यो पटक एमालेकी सुकुमाया तामाङलाई दिइएको छ ।

अमन मास्केलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण, प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालय र किरण थापालाई स्वास्थ मन्त्रालयमा पठाउने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर