संशोधनको विपक्षमा रहेका दलहरूलाई संविधान अध्ययन गर्न शेखरको सुझाव (भिडिओ) – Nepal Press

संशोधनको विपक्षमा रहेका दलहरूलाई संविधान अध्ययन गर्न शेखरको सुझाव (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको टिप्पणी गरेका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए ।

उनले संविधान के-के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गरे ।

उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए ।

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए ।

उनले संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बताए । दुई तिहाइ बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताए ।

सांसद कोइरालाले संविधानमा भएका कमी, कमजोरीलाई सुधार गरेर लैजान नेपाली कांग्रेसले भूमिका खेल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर