स्वार्थको द्वन्द्व बाझिँदा भ्रष्टाचार बढ्यो, कानूनी उपचार खोज्नैपर्छ: योगेश भट्टराई (भिडिओ) – Nepal Press

स्वार्थको द्वन्द्व बाझिँदा भ्रष्टाचार बढ्यो, कानूनी उपचार खोज्नैपर्छ: योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा भ्रष्टाचार बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक दल, प्रशासनिक नेतृत्वलाई स्वनियमन गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानून आवश्यक देखिएको बताए ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रण र नियमन गर्ने कुराहरू कमजोर बनेको देखिन्छ । राजनीतिक दल, प्रशासनिक नेतृत्वलाई स्वनियमन गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानून आवश्यक देखिन्छ । मन्त्रालयमा ड्राफ्ट भएर कानून मन्त्रालयमा रहेको कानूनलाई छिटोभन्दा छिटो संसदमा ल्याएर नेपाललाई लोकतान्त्रिक र सभ्य मुलुकको रुपमा विकास गर्न र राजनीतिक नेतृत्वको आचरणलाई नियमन गर्न स्वार्थको द्वन्द्व व्यवस्थालाई कानूनी ढङ्गले उपचार खोज्न आवश्यक छ ।’

स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाएको उल्लेख गर्दै उनले त्यो पनि अगाडि नबढेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको भनेको सांसद भट्टराईको भनाइ छ ।

संविधान जारी भएपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालसम्बन्धी रिपोर्ट दिँदै भ्रष्टाचार युक्त मुलुकमा नेपाल ५० अंकभन्दा तल रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर